नेता सबै बोल्ने मात्र खालो सार्ने कोही छ र?
गफै मात्र इनका ठुला माखो मार्ने कोही छ र?
झुटको खेती फस्टाको छ नत्र पेट कहाँ भर्थे
पसिनाको धारा पोखी छाक टार्ने कोही छ र?
हारे पनि जिते पनि मन्त्रि उही जुजुमान
सबै यहाँ जित्ने मात्र साँच्चै हार्ने कोही छ र?
नेता ज्युका पिता मरे कृया अँझै भाको छैन
धर्म बेच्यो असतीले जुठो बार्ने कोही छ र ?
जातित्वको नारा राखी दुलो पारे नाउ हाम्रो
मेरो देश डुब्न लाग्यो पार तार्ने कोही छ र ?
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
