Skip to content

गजल (रुन्छिन )


पानी भर्न जादा उतै पँधेरामा रुन्छिन
साँझ पर्दा बाटो हेर्दै बसेरामा रुन्छिन

चखेवाको जोडी जस्तै छुट्दा हाम्रो मिलन
विरहको भाका हाल्दै पखेरामा रुन्छिन

एक्लै हुदा अँधेरीमा सम्झिएर मलाई
जिन्दगीका हर घडी अफ्ठेरामा रुन्छिन

छोरा छोरीबाट लुक्दै साँझ पख एकान्तमा
घाँस हाल्दै डोको समाई कटेरामा रुन्छिन

वनपाखा सँगीसँग काट्दै घाँस दाउरा
पवन फेर्दै सुसेलेर सुस्केरामा रुन्छिन

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *