मेरो प्रियतम !
तिम्रो पसिनामा
मेरो असीमित रहरहरू
हुर्काउने चाह कत्ति छैन,
तिम्रो बुइ चढेर
सुखको पलहरू बटुल्दै
आफ्नो अस्तित्व बिर्सिएर
जिन्दगीको कुनै भोग विलास गर्ने चाह छैन,
मलाई थाहा छ
तिमी मलाई सारा भौतिक सुख सुविधा दिन सक्छौ
तर
मलाई माफ गर
मेरो स्वइच्छाको स्वतन्त्र बाटो छोडेर
तिम्ले कोरिदिएको सीमित बाटोबाट
मलाई हिड्न मन्जुर छैन
किनकि
त्यो बाटो हिड्दा
मेरो नारी हुनुको बोधता दुख्छ,
मेरो अधिकार दुख्छ
मेरो स्वाभिमान दुख्छ !
सजना तमु

कविताको बारेमा
सजनाजी को यो कबिता राम्रो र भावात्मक छ | बधाई मेरो !
मेरा कविता छन्?
कृपया मेरा कविताको सबई समिक्ष्या गरि भनिदिनु भय कति खुसि लाग्थ्यो होला हजुर .भन्दिनु है अनि मात्र लेख्छु राम्ररी है हजुर .