आशा मारी निरासी भै बाँच्नु परेको छ
हर हमेसा उदासी भै बाँच्नु परेको छ
जवानीको फूल जब फूल्न लागेको थ्यो
लुटाइ वास सुबासी भै बाँच्नु परेको छ
यो मनमा उर्लिएका चाहहरू मारी
योगी सरी संन्यासी भै बाँच्नु परेको छ
अँध्यारोमा देह लुट्ने समाजका ठालु
उन्कै ब्यञ्जन चौरासी भै बाँच्नु परेको छ
दानबको लंका भित्र बाँच्नु परे देखी
राँवणसँग मिजासी भै बाँच्नु परेको छ
