Skip to content


बिदाइ भो आज दसैँ तिहार यो
रमाइलो रमझम सधै सक्नेहरूको
दुख वेदना,आँसु गरिबहरूको
बिदाइ भो दसैँ बलि दानको
खसीबोका हास कुखुराहरू
भेडाच्यांग्रा रागाभैसीहरूको
बलि चढ्छौ तिमी,किन दसैँ आयो?
दसैँ आयो सहिद नभई बलि चड्यो
जीवन कस्तो तिम्रो जनम भयो?
मुल्ल्य कहाँ तिम्रो भो ?
काक्रो मुला सरिको
हत्या हिम्सा बलिदिने
कस्तो नसा भो प्रथा दसैको ?
बिदाइ भयो यसपाली दसैँ तिहारको .
दसा नआओस कहिले यो नसा हिम्साको.

Leave a Reply

Your email address will not be published. Required fields are marked *