Skip to content


जादैछु त्यहाँ फर्केर आउने कुनै बाटो नहोस
भासियोस धरातल टेक्नलाई कुनै माटो नहोस

खानलाई पानी नहोस फेर्नलाई सास नहोस
आफ्नाको साथ नहोस बस्नलाई बास नहोस

सुख र चैनसँग कुनै किसिमको साइनो नहोस
दुख र अभावसँग कहिले नि फाटो नहोस

जादैछु त्यहाँ फर्केर आउने कुनै बाटो नहोस
भासियोस धरातल टेक्नलाई कुनै माटो नहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *