ए गाँट्ठे !
विष्णु अवतार नि देखियो, राम नि देखियो
घुम्ने मेचहरूको पवित्र धाम नि देखियो
खैर…
वाँको मार्ग रैछ, लोकमा माने मान्, नमाने टाउकाँ हान्
र हाम्ले बुझ्या, बार्ह बर्षमा फूल खिल्दा, देशै गन्हायो झन्
त्यसैले,
अब यो चल्लो पनि, बिदेशमै, बामे सर्ला जस्तो छ
उतै माटो चुमेर, बिउ छर्दै, उतै मर्ला जस्तो छ
किनकि सायद सतिको सराप रैछ
यहाँ जंगेभन्दा बिषालु साँप् रैछ
जनतालाई अँधेरोमै राख्न खोज्ने
घुम्ने मेचमा मनुको बाप् रैछ
—-
ठिस बुढा
