फर्की फर्की हेर्नु किन? आँखा जुधाएर
जानु रैछ छोडी गयौ मलाई रुवाएर |१|
धुजा धुजा पारी दियौ मुटु भित्र राख्दा
फेर्दै छु म सास अँझै त्यही सिलाएर |२|
जति भुल्न खोज्छु उति यादहरू बढ्दा
खुइया गर्छु यो मनको भारी बिसाएर |३|
पागल थ्यो मर्यो भन्नु खोज्न आए कोही
हराएछु भने कतै बाटो बिराएर |४|
भोलि हुँला नहुँला म सम्झिएछौ भने
कही कतै होला फोटो हेर्नु उठाएर|५|
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
