Skip to content

एकैनास बगे हुन्थ्यो


एकैनास बगे हुन्थ्यो पिरतीको खोला !
भेल बाढी आउन थाले भेट होला न होला!

आँखाभरि सजाउँछु मुटुभित्र साँच्छु
अधेरीमा पर्न दिन्न जूनसँगै राख्छु
यस्ता कसम नखाए नि प्रीति अमर होला
एकैनास बगे हुन्थ्यो पिरतीको खोला !

पारिजात नहोस बरु नहोस सुनाखरी
आँसु हाँशो मिसिएर रहोस सधैंभरि
दुख सुख बाँच्न पाएँ कस्तो हुन्थ्यो होला
एकैनास बगे हुन्थ्यो पिरतीको खोला !

कल्पना भावुक
इजरायल

1 thought on “एकैनास बगे हुन्थ्यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *