Skip to content

जनान्दोलनका शहिदको सम्झना

HariKhatiwada


हिजोसम्म एक दिन नबिराई आन्दोलनमा
तिमी न्वारनदेखिको बल सडकमा लगाएर
कति योजनाहरू तर्जुमा गरेका गरेका थियौ
नजरबन्द लाठीचार्जका आदेशहरू भोगिरहेका थियौ
महान कर्तव्यबाट कहिल्यै विचलित हुनुहुन्न भन्दै
सदैव प्रफुल्लित तिमी गणतन्त्र जिन्दावाद ! भन्दै
अगाडि बढिरहने राष्ट्रका लागि
आज तिम्रो सपना चकनचुर परेर
आज तिम्रो तस्बीरमा हेरेर मुसुक्क मुस्कुराउँदै
तिम्रो महानतको खिल्ली उडाइदै छ
आज देश हक्ने हलिहरू राटा छोडी छोडी
अगाडि बढिरहेका छन
आन्दोलन कुनै जागिर थिएन
आन्दोलनमा नजाने अवस्थामा
तिमी बिचलित हुने
बन्दुकका विरुद्ध जवाफ फर्काइरहेको तिमीलाई
बन्दुक बोकी बन्दुकसँगै रणमैदानमा
आन्दोलनमा अघि बढिरह्यो
केही जनताले शव उठाए
नारा सारा सडकभर घन्कियो महान शहिद अमर रहुन ।
तर देशले एउटा राष्ट्रप्रमी गुमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *