Skip to content

गलत भैरा’छ नि


अदक्षलाई पुरस्कार गलत भैरा’छ नि
दिनहु जसो बलत्कार गलत भैरा’छ नि

करडौको घर, जग्गा सालभरमै नेताको
अकस्मिक चमत्कार गलत भैरा’छ नि

हप्ता दिन भित्रै छुट्टिन्छ ज्यानमारा
फेरि उन्कै जयजयकार गलत भैरा’छ नि

दिनरातै चुम्किरहेछ सीमावर्ती क्षेत्र
चुपचाप छ सरकार गलत भैरा’छ नि

एक पल्टको ७ सय, पुरै रात ३५ सय
देहले पहुना सत्कार गलत भैरा’छ नि

निरिह पिटिन्छ सत्यवादीलाई यहाँ
पिढित उजुरी बहिस्कार गलत भैरा’छ नि

Leave a Reply

Your email address will not be published. Required fields are marked *