इच्छा कहिले न मर्ने
भरिपूर्ण भए पनि
कहिल्यै न पुग्ने,
सधै कि त आफ्नै भोग मै लिप्त
कि त मोह मै लिप्त,
व्यवहारिकभन्दा बढी
यो आधुनिक समाज
ब्यापारिक भएछ,
सबैथोक तौलिने भयो
द्रब्य मै,
केही छैन असली
सबै नक्कली,
व्यवहार नक्कली
अनुहार नक्कली
मुस्कान नक्कली,
साधु भनी मान गर्दा
रावण निस्कनछन,
व्यवहार
संस्कार
सदाचार
सबै उल्टो परेछन,
संस्कृतिले पनि अनि
कोल्टो फेरे छ,
सम्मान गर्ने पनि कसको ?
प्रश्नचिन्ह भएछ,
भावी शंतानलाई सिकाउने कसले?
प्रश्नचिन्ह भएछ,
प्रकृतिको बिपरित
समाजको बिपरित
धर्मको बिपरित
पूर्वकालमा पनि
अड्चन न आएको त होइन,
तर
त्यसबेला भत्काउनेभन्दा
बनाउनेहरूको ताँती
बडी थियो,
चाँसो बडी थियो,
तर आजको समाज
व्यवहारिकभन्दा
बडी व्यापारिक भएछ,
सबैथोक तौलिने भयो
द्रब्य मै,
केही छैन असली
सबै नक्कली,
व्यवहार
संस्कार
सदाचार
सबै उल्टो परेछन,
संस्कृतिले पनि अनि
कोल्टो फेरे छ,
सम्हाल्ने कसले ?
प्रश्नचिन्ह भएछ ।
हरि पौडेल
