सपना देखाइन्छ र हतियार बोकाइन्छ
शहिद बनाइन्छ र फूलमाला चढाइन्छ
खेती हो राजनीति हाम्रो देश नेपालको
झुपडी जलाइन्छ र नारा जुलुस लगाइन्छ
घरमा वीरता र बहादुरी देखाइन्छ
सीमाना लुटाइन्छ र घोचाघारा बँचाइन्छ
मंञ्चमा नेता ज्युले कुर्लिएर भाषण छाँटे
को बोल्छ लौ हेरु त बोल्नेको तिघ्रो ठटाइन्छ
देशको शिक्षानीति नै अनौठो लाग्छ मलाई
इन्जिनियर पढाइन्छ र कोदालो खनाइन्छ
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी

very very sandharvik
very very sandharvik