Skip to content

हराएको प्रीतलाई


हराएको प्रीतलाई बल्झाउन खोजेँ
चुँडिएको मालालाई अल्झाउन खोजेँ

पुराना ती यादलाई कोट्याएर फेरि
बिर्सिएको अतीतलाई सम्झाउन खोजेँ

धेरै बर्ष नभेटेर टाढा हुँदा मन
गुमाएको आशालाई, बिउँझाउन खोजेँ

नङ् र मासु जस्तो मायाँ बादलुले ढाक्दा
विगतका भूलहरू सिध्याउन खोजेँ

कुरा काट्ने नानाभाँती लगाएर चुक्ली
लत्याएर सबै कुरा खिज्याउन खोजेँ

कोमल भट्ट, काठमाडौँ
हाल:-न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *