चोटमाथि चोट खाएर गजलकार बने
प्रेममा बिछोड पाएर गजलकार बने
स्वार्थी बेइमानी घाती संसारमा कसैलाई
चोखो-चोखो माया लाएर गजलकार बने
जीवनमा शुन्य-शुन्य हात लागे पनि साथी
त्यसलाई नै रुचाएर गजलकार बने
आफ्न बनी चोट दिने चलन यस्तै यहाँको
चोट मनमा दबाएर गजलकार बने
