Skip to content

लोककथा कर्ममा लेखेको , मेटेर मेतिन्न

काठमाडौं गद्दी बैठक स्थित सुप्रसिद्ध
माहादेव–पारबती मन्दीर संग सम्बन्धित
एउटा लोक कथा ः

कर्ममा लेखेको ! मेतेर मेतीन्न !
लोक कथा–
संकलक
प्रकाशमान शिल्पकार

आख्यानअनुसार परापूर्वकालमा नेपाल मण्डलको कान्तीपुर नगरमा एकजना अति परिमिक गरीब मानिस थियो । त्यो मानिस सधैं साहुमब्जनको मालसामान बोकी भरीया काम गरी आफ्नो र परीवारको पेतपाली जीवन निर्वाह गरी आर्यरहेका थिए ।
त्यस गरीब भरीयाले एकाबिहान देखी झन्दै आधारात सम्मनै कठोर परिश्रम गरेर बिहान र बेलुकाको दुई छाक मुस्कीलले छाक तास्थीयो । त्यो पनि कहिले काहिंलेत फुस्रो हावाले पेट भरी रात गुजार्नु पर्दथ्यो । त्यस्तो दरिद्रतापूर्ण जीवन निर्वाह गरी आएतापनि त्यस बरीब भरीयाले कसैको धनमालमा कुनै लोभ लालच थिएन । यसरी उ आफ्नो भारीबोकि आउने कमाईमानै सन्तोस गर्ने ईमान्दार भरीया थियो साथै ईश्वर प्रति पनि खुब आस्था राख्ने श्री पशुपतीताथको परम भक्त थियो ।
यसरी कथोर परिश्रम गरेर पनि दुई छाक पेटभरी खान नपाएको त्यस शिवभक्त गरीब भरीयाको दरीद्रतापूर्ण जिन्दगी देखेर भाग्यबश एकदीन माता पारबतीलाई अति दया लागेछ र आफ्नो श्वामी श्री भोलेनाथलाई बिन्ति भाव गरेछ ।
हैन प्रभु ! तपाईको त्यस परमभक्त परीश्रमिक गरबि भरीयालाई नाथबाट केही धनद्रव्यको दया गरीदिनु प¥यो । त्यसरी दीनभरी परिश्रम गर्दा पनि बिचराको र उसको परीवारको पेटभरी पनि खान पाएन । योतः असहनीय् यो भयो नाथ !

शिवपार्वती
यसरी त्यस परीश्रमिक गरीब भरीया प्रति पारबतीको दया जागेको देखेर देवादीदेव माहादेव खुसिहुँदै गौरीपारवतीलाई भनेछ ।

एक गरीब मानव माथी दया जाग्नु तिम्रो स्वभाविक हो र यसरी दया जागेकोमा म ज्यादै खुसीले विभोर छु, तर के गरु उसले जतिसुके कडा भन्दा कडा परिश्रम गरेतापनि दुई छाक मुस्कीलले तार्ने बाहेक अरुकुनै सुखः भोग्ने त्यसको कर्ममा लेखेकै छैनन् । त्यसैले उसलाई हामीले धन, द्रव्य दिनु र नदिनुमा केही फर्क पर्दैन अतः जिवन भरी दुःख भोगगरी जिवन निर्वाह गर्नु नै उसको कर्म हो । सुखः भोग गर्नु सकियोस् भनेर हामीले त्यस परिश्रमिक गरीबलाई केही पनि सहयोग गर्नु वेर्थछ भनी माता पारबीलाई माहादेले सम्झाए छ …..!
तर पारबतीलाई भने महादेबको कुरामा रती पनि बिश्वास भएन छ । त्यसैले धिपि गर्दै आफ्नो श्वामी माहादेबलाई पुनः बिन्ती भावगरेछ… ।
हैन प्रभु नाथले त्यस शरीबलाई धन द्रव्य दिंदै नदिकन उसले सुखः भोग गर्ने उसको कर्ममा लेखेकै छैन भन्नु हुन्छ ! एकचोटीत उसलाई धनद्रव्य दिएरत हेर्नुस, त्यसकारण जसरी भए पनि त्यस गरीब मनुवालाई प्रभुबाट दयाको दृष्टी लगाउनै पर्छ, भनी पारबीले भन्नु भए छ ।
त्यस गरीब भरीयालाई धन द्रव्यले परिपुर्न बनाई सुखः भोग गर्न दिने पारवतीको ठूर्ला इच्छा र जिद्दी देखेर माहादेब मुसुमुसु हाँस्दै … अब पारबतिलाई मन चित्त नबुझाई भएन भनी निर्णय गरी हिरामोटी ज्वाहारातले भरिएको एउटा धनको पोको त्यो भरिया हिड्ने बटोमा खसाली दिए छ ।
आपूmले चाहे अनुसार स्वामी माहादेबले उक्त परीश्रमिक गरीबलाई दया गरेको र एउटा गरीबले धन पाउने भयो र सुखः भोगरी जिन्दगी गुजार्न पाउने भयो भनी माता पारबती अति नै खुसी भइन् ।
उता भरिया सधैंझै साहुमाहाजनको मालसामान आफ्नो पिठमा बोकी माहजनलाई पछि पछि लगाई सोही बाटो गरी खुरु खुरु आइरहेको अवस्थामा दुर्भाव्यवस अचानक मनमा के भयो कुन्नी ? मनमा नानाथरीका कुरा खेलेर आए
छ । मानिसकोजिन्दगीन हो आज म स्वस्थ्य र बलियो छु, भोलि समयले मलाई बृद्ध एवं निर्बल बनाउनेछन्, त्यसबेला मेरो आँखा कमजोर हुनेछ र आँखा नदेख्न सक्छन्, त्यसबेला म कसरी भारी बोक्न सक्छ? अहिले नै आँखा चिम्लेर हिड्ने अभ्यास गर्नु पर्ला, बाटोमा हिड्डा आँखा चिम्लेर हिडेमा के हुन्छ ? राम्रो संग हिड्न सक्छकि सक्दैन ? कलिहे काहिं आख चिम्लेर हिड्ने अभ्यास पनि गर्नु पर्छ भन्ने दैवसंजोक विचार मनमा उपजेछ र माहादेवले धनको पोको उसले पाउन भनेर धनको पोको राखेकै ठाउँमा आइपुगेपछि नभन्दै त्यस भरीयाले आफ्नो आँखा चिम्लेर गएछ । यसरी आँखा चिम्लेर जाँदा महादेवले उसलाई भनि राखि छाडेको धनको पोकामा थेस लागेर लडेछ तैपनि आँखा चिम्लेरै विस्तारै सामसुम गर्दै उठेर अघिबढेछ
यसरी त्यस गरीब भरीयाले आफ्नो सुखःभोग गर्ने पाउने भाग्य एवं माहादेव पारवतीको आपूm गरीबलाई धनी बनाउने प्रयासलाई समेत लात हानेर गएछ
यता भरियाको पछि पछि आइरहेका माहाजनले त्यस पोकामा केरहेछ भनी पोको खोलेर हेर्दात हिरामोटी पन्ना जवाहारतले भरेको धनको पोका देखेर अति खुसिभई आफ्नो भाग्य र कर्मलाई धनयवाद दिदै त्यो धनको पोका सुटुक्क आफैले लिएर गएछ ।
यसरी त्यस परिश्रमिक गरिव भरियालाई सुखः भोग गर्न दिने तथा धनी बनाउने आफ्नो र आफ्नो श्वामी माहादेवको प्रयासमा एउटा धनी माहाजन झन ठूलो धनी हुन पुगेको देखेर पारबती जिल्ल परेछ र आफ्नो श्वामी मान्छेदेवको कुरा बल्ल विश्वास भएछ । तथा साँचैनै कर्ममा नहुने मानिसलाई भाग्यवंस अरुले जतिसुकै धन द्रव्य दिएर मद्दत गरेतापनि उसले भोग गर्न नपाउने रहेछन् भन्ने कुरामा चित्त बुझाएछ ।
त्यस गरीब भरीयाले पनि जिन्दगीभर अरुको भारी बोकेर आएको कमाइले दुईछाक जसोतसो तारी जिन्दगी विताय छ ।
यसरी माता पारवतीलाई सन्तोस पार्न देवादीदेव माहादेवले त्यो परिश्रमिक गरीव भरीयालाई धनी बनाउन धनद्रव्यको पोका राखेको ठाउँ काठमाडौंको उेतिहासिक पुरातात्तिवक हनुमानढोका दरवारको परीसर वशन्तपुर स्थित गद्दिवैठक अगाडी थियो जहाँ आज पनि माहादेव पारवतीको साथमा बसी एउटा हातले तल बाटोमा केही खसालीरहेको जस्तै गरी वसीरहेको प्रस्तर काष्ठकलाका माहादेव पारवतीको मूर्ति झ्यालमा वसरहेको देखिने ऐतिहासिक पुरातात्विक सुप्रसिद्ध महादेव पारवती
(शिवपारवती) को मन्दिर यद्दपी हामी सबैले हेर्न देख्न पाउने गरी छ ।

1 thought on “लोककथा कर्ममा लेखेको , मेटेर मेतिन्न”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *