Skip to content

करोडौं ती हातहरुले मेरो देश बोकुन अब


करोडौं ती हातहरूले सगरमाथा बोकुन अब
बुद्धत्वको गौरव गाथा शिरमाथि राखुन अब
शिरमाथि टोप टोपी फेटा पनि ओढुन सब

मजेत्रो त्यो ओढुन आमा चौबन्दी र चोलो लगाई
पेटानी त्यो धोती सारी गीत गाउन भाका मारी
सोरठिको भाका नाचुन डाँफे मयुर मुनालसँग
चन्द्र सूर्य झण्डा बोकी हात उठून सगर छुन
करोडौं ती हातहरूले मेरो देश बोकुन अब

मेची दुख्दा काली रुने त्यो देशको कथा मेरो
वीरताको इतिहास अजर अमर देश मेरो
लाली गुराँस फूलिरहुन बेंशी लेक सधैंभरि
करोडौं ती हातहरूले मेरो देश बोकुन अब
करोडौं ती हातहरूले सगरमाथा बोकुन अब !!

(विश्व शरणार्थी दिवस जुन २०, २०१३ )
क्यालिफोर्निया, अमेरिका

First published : 2013-06-21 04:32:31 +0900

Leave a Reply

Your email address will not be published. Required fields are marked *