जताततै उर्लेको छ बाढी गजलको
दोसल्ला नै ओढाउ कि राडी गजलको
चालक त्यो खराब कि बाटो खराब हो
बाइरोडमा ल्याम्म भास्यो गाडी गजलको
बहरबाट लय हुँदै आयो आधुनिक
अब प्याट्ट फुट्छ होला हाँडी गजलको
इन्द्र सामु बयान गर्दै स्वर्ग नारदले
दम खोज्दै छाम्न थाले नाडी गजलको
गाउँले नि बनाउदै छ हिजो आज यहाँ
अनुप्रास शब्द रोपी झाडी गजलको
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
