Skip to content

आँखाभरि साउनको मौसम छोडी गयौ


आँखाभरि साउनको मौसम छोडी गयौ
जाने बेला सान्त्वनाको मल्हम छोडी गयौ

कैले हाँस्छु कैले रुन्छु गुन्जिन्छ त्यै धुन
धड्कनैमा विरहको सरगम छोडी गयौ

झुपटी मै साग सिस्नो कति मिठो थियो
महलको चाहनाले घरजम छोडी गयौ

भौतिक यो सुबिधा त धेरै धेरै पाएँ
निख्रिदै छ धैर्यता यो जो कम छोडी गयौ

‘घायल’भै तिमी पनि रुँदै छौ कि त्यहाँ
जवानीको हरियाली रमझम छोडी गयौ

दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल: अबुधाबी युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *