खोला जस्तै कलकल बग्न पाए सललल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल
असारैको गोरु जस्तै कर्तव्यमा नारिंदै छु
इनारको पानी सरी चारैतिर बारिंदै छु
बिहानी झैं झलमल बन्न पाए पलपल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल
पीडाहरु चुलिएर आकाश नै छुन लाग्यो
विरहले सिरानीमा तलाउ झैं हुन लाग्यो
मनमा नभए हलचल हुन्न थिएँ असफल
पिर व्यथा निख्रिएर जान्थ्यो होला तल-तल
दलबीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
