दिन ढल्यो अँधेरी रातमा
यो मन जल्यो निष्ठुरीको यादमा
चोखो मायाले गला रेटियो
दिलको बारीमा ढुंगा भेटियो
पलाएको आशाहरु सबै मेटिए
किन किन सम्झनाले पिरोल्दैछ आज
बिरहले पाइला टेक्यो जिन्दगीको माझ
मेरो निम्ति रोइदिने
आफ्नै मुटुमा घाउ लागेछ
रहर छैन बाँच्ने बिक्षिप्त यो मुटु बोकेर
एकान्तमा भुल्ने ठाउँ रहेन
माया दिने आफन्तको गाउँ भएर
आँखाभरि सजाएका
खुसीहरु ती सबै हराए
शब्द – ज्ञानेन्द्र गदाल
स्वर – यशोदा पराजुली
संगीत – गणेश पराजुली
