Skip to content

अरुलाईनै बढी उस्ले मन गरेको


अरुलाई नै बढी उस्ले मन गरेको
त्यसैले हेम्खेम अब बन गरेको

औधी बद्लीएछिन ऊ त! अहिले
संगीहरूले पनि समर्थन गरेको

संका सत्य रहेछ। जाली रैछिन
देखे पर-पुरुषले आलिङ्न गरेको

झुटो माया आत्मासाथ गर्दिन
अत: आफैँलाई परिवर्तन गरेको

अन्ति म पत्र सधैं फलोस् जीवन
बधाइ दिदै नाता समापन गरेको

जसै मेरो पत्रको प्रतिउत्तर पाए
त्यो नै सही भनी निबेदन गरेको

दु:ख छ कायम रहेन त्यो कुरा
सधैं साथ दिरहन्छु बचन गरेको

के अर्थ अब ! तस्बिरहरू पत्रहरू
जलाइदिए बर्षौदेखि जतन गरेको

कागजी फूल तोरण
झापा, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *