Skip to content

अविजित

  • by
20200416_PeshalAcharya-Interview

आँखाले
देह पिउन पाउनुको मज्जा
कानले
श्रवणीय सुखद् समाचार
ग्रहण गर्नुको आनन्द

गोडाहरूले
सार्थक यात्रा
गन्तव्यमा
पुर्याएको
सन्तुष्टि अवर्णनीय छ,

धरणीको कायाभन्दा
धेरैमाथि कावा खाइरहेका
निर्बन्ध
पुलकित
अहर्निष
व्योम पथमा
कानेखुसी गर्दै
उडिरहेका भालेपोथी
आहा ! खेचर
देह पिउने आँखाभन्दा
आवाज नियाल्ने कानभन्दा
सन्तुष्टि चुम्ने गोडाभन्दा
धेरै खुसी छन्,

चराहरूको राज्यमा
न झूट छ
न लुट छ
न त फुट छ
मानिसले
दुरूह
आविष्कार कोरल्यो
अकल्पनीय प्राप्ति भोग्यो
मानिसका सबै असम्भव
पूरा भयो
सबै जित्यो
तर मानिसले
मानिस जित्ने
द्यूत क्रीडामा
अन्ततः सबै हार बेहोर्यो
र सोही रङ्कामा
लखरलखर दौडिरहेछ ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *