Skip to content

धन्य प्रभु तिमी

  • by


धन्य प्रभु तिमी, सबै सामु बचाउदै छौ
बुबा आमा भाइ, सबै सामु नचाउदै छौ

भुलेर नि सधै जसो, आगनीमा डुले म
प्रेम रोगी ठान्दै, सबै सामु जचाउदै छौ

पहिले त सायद, गजलकार थिइन म
भावुक गजल खै, सबै सामु रचाउदै छौ

अमर प्रेम कहानीको, सुरुवात गरिन म
लाज सरम इज्यत, सबै सामु पचाउदै छौ

लोभ्याउने मृग नयन, गाजलु आँखा ती
तल माथि चारैतिर, सबै सामु मचाउदै छौ

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *