संबिधानको नाममा बाजेलाई भोट
कुखुराको खोरभित्र स्यालको गोठ
पुरानै नीति नेताको नियत
कता हो टुप्पा कता हो फेद
बिदेशी भाषा बिदेशी फेस
सुखा कुलोमाथि धानको खेत
राणा कालको पिलर छैन सीमानामा घुँडा टेक्दै बाजे दिल्लीमा
भ्यागुतालाई दौरा सुरुवाल माकुरालाई चस्मा
लुकाउँछौ कति सूर्यको उज्यालो ज्योति
नदेखाऊ छिनभरको त्यो तिम्रो मैनबत्ती
बिकृति र महंगी जनताको नाममा
कति लगाइराख्नु पीतल सुन भनेर कानमा
सहन्छौ कति युवा हो यो देशको अरबार्दी
संबिधान दिलाउ जनताको सम्पत्ती
संबिधान सभालाई दिएर दागबत्ती
उत्तिसको रुखमा फल्दैन नासपत्ती
संबिधान सभा बिउँझाउन गरिदेऊ सहमती
पहिचान सहितको संघियतामा नगर आपत्ती
अन्तमा
मेरो देश र भूमिपुत्रहरूको नाममा
सम्पूर्ण प्राणीहरू अटाउने गरी चोठा, कोठा, ढोकाबिनाको महल
बनोस आउने संबिधान सभामा
यही मेरो कोटी-कोटी मंगलमय शुभकामना ।
शुक्रबहादुर थापा मगर
बौद्ध – ६, रामनगर
