जीवन साथी बिचमा सानो सानो कुरा साटिनु पर्छ
सम्बन्ध धमिल्याउने कालो मैलो सबै फाटिनु पर्छ
प्रेमको बन्धन संधै विश्वासमा मात्र कसिलो बन्छ
त्यसैले कलह फल्ने वृक्ष जरै देखि काटिनु पर्छ
मायाँले हसाउँछ मायाँले नै जलाउँछ
सृष्टिको गाडी पनि मायाँले नै चलाउँछ
व्यर्थैको प्रश्नहरू जिन्दगीमा अल्झिदिँदा
आखिर त्यही मायाँले नै जीवन् गलाउँछ
बाँसले भुइँ हेरेकै हुन्छ जति अग्लिए पनि
फेदमा पुगी जमेरै बस्छ मैन पग्लिए पनि
आखिरी पल एउटै बाटो छैन बिकल्प अर्को
प्रकृति हेर् सकिन्न छोप्न रंग बद्लिए पनि
लक्ष्मी अनुरागी

केही भन्न मन लाग्यो
१ कतै लक्ष्मी अनुरागी कतै लक्ष्मी पोखरेल देखियो । साँचो कुन हो
२ तपाइँका तीन मुक्तक मध्येको पहिलोलाइ गजल मुक्तकत भनौ है किन भने यो गजलको लक्षणमा छ ।
३ अरुलाइ भने मुक्तक भन्न मिल्ने मिल्ने जस्तो देखे ।
बढी भन्यो दाजुले भनी नरिसाउनु है त बैनी ।
एउटा मुक्तक हेर्छ्यौ भने मेरो नाममा मझेरीमा मैले हिजो ३१ डिसम्बरमा हालेको छु । हेर्नु है त ।
दाजु होम सुवेदी
NICE
NICE
namaskar hom daju
ma laxmi
namaskar hom daju
ma laxmi pokharel ( anuragi ) tara achel anuragi matra lekhchhu
comment ko lagi hajurlai dhanyabbad
maile bujhe anusar gajaliya bhe pani char line matra lekhiyo bhane tyo muktak nai hoki jasto lageko ho tara maile nabujheko huna sakchha tyasaile hajurko muktak herchhu ra aru pani adhyayan garchhu
thanks dai comment ko laagi ra hajur bata sujhab ra sallaha ko sandhai aasabadi chhu