Skip to content


हत्केलाले घाम छेक्छु किन छेकिएन
अँध्यारोमा पाइला चाल्यो बाटो भेटिएन
उडिरहने कुहिरो पनि मैमाथि खसेछ
बिर्सिदिऊँ भने पनि नसकिंदो रहेछ

एकैछिनको पर्खाइ पनि वर्षौं जस्तो लाग्छ
आफ्नै मनको वस्तीभित्र तुवाँलोले ढाक्छ
दोसाँधमा जिउनु पर्ने यो जिन्दगी कस्तो
यति ठुलो संसारमा एक्लै भए जस्तो

कहिलेकाहीं यो मन हाँसिरहुँ भन्छ
बिर्सिएको प्रेमकथा बल्झिएर आउँछ
कता कता आँधी आउँदा उडाइदिने हो कि
छातीभित्र पहिरो चल्दा पुरिदिने हो कि

शब्द – शंकर प्रेरणा
स्वर, संगीत – शम्भु राई
जीवनको परिवेश (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *