Skip to content

अन्तत मायागर्ने मान्छे

  • by


अन्तत मायागर्ने मान्छे, चिन्छौ एकदिन ।
जीवनका हरघडीमा साथ, दिन्छौ एकदिन ।

घृणित तिम्रो विचारदेखि, कोसौ टाढा छु
पिसाचुसँगै भौतारिदै, हिड्छौ एकदिन ।

हिम्मतले अर्कैको दिल जोड्ने, चाहना छ
जवानीको रस चुसाउछौ, छिन्छौ एकदिन ।

सुन्यतामा डुबेको संसार, आजकल देख्दैछु
आफैसँग आफ्नो जीवन, किन्छौ एकदिन ।

लक्ष्य र उद्यस्य बोकेका, कमै निस्कन्छन्
ब्यार्थै ज्यान स्वयंमले, लिन्छौ एकदिन ।

दिवाकर भट्टराई
दमौली, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *