कति दियौ पीडाहरू गन्न बाँकी थियो
तिमी हिँडिहाल्यौ केही भन्न बाँकी थियो ।
तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र ?
यौटा बाटो भत्क्यो अर्को खन्न बाँकी थियो ।
हेराहेर मात्र हाम्रो दुई किनारमा बसी
हामीलाई जोड्ने पुल बन्न बाँकी थियो ।
चोरी भयो मनको भकारी रित्तिएछ
हिजोसम्म चाहनाको अन्न बाँकी थियो ।
