आज
उसको जिन्दगीको
एउटा अंग
हराएको छ …
यही शहर हो
जहा धुलो र धुवाको पर्वाह नगरी हुर्केको फूल
कोपिला लाग्न नपाउदै
मुन्टो निमोठिएको छ
काटिन खोजिएका छन् जराहरू
फूलको सुन्दरता देख्न नचाहनेहरू
सुन्दर वासनाको अनुभव नभएकाहरू
मात्र शहरीयाको नाममा
धुवा र धुलोको दुर्गन्धमा हुर्केका
अनि
भुलेका फूलको सुगन्ध
त्यस्तै कोही हुनुपर्छ जसले
फुल्न लागेको फूलको कोपिला निमोठेको छ
ऊ त्यही निर्दयिको खोजिमा छ
जसले फुल्न दिएन
दिएन छर्न वास्ना जिन्दगीको….
शायद,
जिन्दगी बाच्नुलाई नबुझेर हुनसक्छ
अथवा,
जिन्दगीको अर्थ नै नवुझेर पनि हुन सक्छ
कसैको जिन्दगीको एउटा अंश चोरिएको छ
र खोजिएको छ बनाउन एउटा अपाङ्ग जिन्दगी
यो शहरले खुसी दिन त जानेन जानेन
अरुको खुसीसम्म देख्न सकेन
कुनै आँखाँको कमजोरी पनि हैन
तर पनि दिनदहाडै अन्धाको अभिनयमा
सोझा जनताको
खुसी लुटिरहेछ शहर
र गर्भ गरिरहेछ
शहरिया हुनुमा…
