Skip to content


पट्टी कस्ले लाउने देश दुखेको दुख्यै छ
दुख हेर्दै भगवान् भने लुकेको लुक्यै छ

धनी झन धनी भो, ढाक्रे झुपडी मै बस्छ
मोटे झन मोटायो दुब्लो सुकेको सुक्यै छ

हेर्दै घर धनीका भोट हालेको यादमा
मुर्ख प्रजा नेत्रित्वलाई थुकेको थुक्यै छ

चोर भने कुम्ल्याई डाँडो काटेर गै सक्यो
भोटे कुकुर् डिलमा अँझै भुकेको भुक्यै छ

मेरो घर् को झगडा निद्रा उसको परेन कि
भाइमारा छिमेकि कान फुकेको फुक्यै छ

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक-८
हाल- मरुभूमि को छातीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *