Skip to content

सुन्तली – त्यो काले की आमा के गरेर बस्छे

picture-2521

सेवा ढोग दण्डवत् गरे हजुर मैंले
आज वल्ल फुर्सद भयो लेंखें चिठी मैले
फुर्सद नै हुन्न बाबा डेरा भाडा महँगो
रोजी रोटी चलाउन काम छोड्नु हुन्न
ऋण व्याज घटाउन गयल हुनु हुन्न
यस्तै छ है बाबा यहाँ जीवन मुठी सास
आमालाई स्याहार सुसार धेरै पुर्याई दिनु
बिरामीले च्याप्यो होला दिर्घ रोगी जहिल्यै
यसपाली चै आउँ भन्छु ऋण सकिएन
फर्कु फर्कु भन्छु खोइ धनै जोडिएन
सुन्तली त्यो काले – आमा के गरेर बस्छे
लोग्ने लाहुर बसेको छ बजार कति धाउँछे
उत्ताउली चैं नबनोस है ख्याल गरि दिनु
काले कत्रो भयो आमा स्कूल जान्छ होला
देख्यो भने तेस्ले मलाइ चिन्दैन पो होला
यसपाली चैं आउछु होला पक्कै आउंछु भन्छु
तर फेरी विश्वासको धराप पर्न सक्छु
सुन्तली लाई धेरै खर्च नगर भनि दिनु
दुइ चार पैसा बच्यो भने सुन किनी दिनु
जे जस्तो छ सबै राम्रो सबले सोची दिनु
छिमेकी ति तल्ला घरे माथ्ला घरे हरु
सम्झनाको कोसेलीले मायाँ बाँडी दिनु
गौंथली त्यो खरिबोटे ठुली भइ होला
रिसाउन र रुन लाइ अब छोडी होला
सबैलाई सम्झना को कोसेली यो दिनु
धेरै कुरा सोधौं लाग्छ मन भक्कानिन्छ
बाटो पैनी रात जुन सबै भयो छुट
घाम कहिल्यै देख्ने होइन कामले छोपी हाल्छ
रात कहिल्यै रात हुन्न ऋणले पोली हाल्छ
दलिन त्यो घरको चैं बनाउनु है अब
चुहुने त्यो घरको छानु यसैपाली फेर्नु
अगाडिको बाटोलाई ग्राभेल पनि गर्नु
बिजुली र टिभी गाँसी पंखा पनि जोड्नु
गर्मि धेरै भयो होला पोल्छ मलाइ यहाँ
बाबा मैले पठाएको सावाँ व्याज तिर्नु
दुइ चार रूप्पे उबारेर अस्कोटमा राख्नु
सेवा ढोग दण्डवत् मायाँ सबै बाड्नु
======================

Leave a Reply

Your email address will not be published. Required fields are marked *