जति बजेट आए पनि गरिबको हाल उस्तै
घरमा छैन अन्न गेडो सधै अनिकाल उस्तै
राहत माग्दा थाकिसके दार्चुलाका बाढीपिडित
जुन सरकार आएपनि झुक्क्याउने चाल उस्तै
कोही भएनन् निमुखा ती जनताको भलो सोच्ने
अफ्नै दुनो सोझ्याउने मन्त्रीहरूको बगाल उस्तै
रोकिएन हत्या हिंसा मौलाउँदैछ बिकृति
देशैभरि अपराधी र डनहरूको संजाल उस्तै
कोही भन्छन् चुनाब गर कोही भन्छन् बहिस्कार
के बन्ला खै संबिधान सधैंभरि बबाल उस्तै
