उठ उठ साथी हो !
हेर आकासमाथि हो!
घाम झुल्केको देखेर
भाग्यो टाढा राति हो।
आकास हिमाल सूनौलौ
बादल रातो रमाइलो
झलमल्ल चम्केर
घामले छर्यो ज्योति हो।
तल खोंचमा कुहिरो छ
माथि बादलको धुइरो छ
निलो सेतो पहेंलो
संसार कति जाती हो।
गौंथली पार ताप्दछन्
भँगेरा बिस्कुन ताक्तछन्
सुगा ढुकुर रमाउँदै
गाउँछन् नानाभाँती हो।
मकै सिरौंला चपाउँदै
तारे माले धपाउँदै
गैरी खेतमा जाँदैछन्
दँगेरेका ताँती हो।
घामले हतार गर्दैन
ढिलो पनि हुँदैन
चहार्छ एकै दिनमा
आकासको छाती त्यो।
हामी पनि हिंड्नुछ
बाटो गहारो काट्नुछ
मिलिजुली धैर्य गरी
लक्ष्य पुगौं साथी हो।
कुमार जी ॥
अति सुन्दर ! क्या
कुमार जी ॥
अति सुन्दर ! क्या सहज र सलल बगेको हो !!
वाह ! वाह !
सुबेश
सुवेशजी, प्रतिकृयाको लागि
सुवेशजी, प्रतिकृयाको लागि धन्यवाद!
तपाईंजस्तो हस्तीबाट मिठो शब्दहरु पाउन खुसीको कुरा हो।
ramro chha.
ramro chha.
हिमालजी
प्रतिक्रियाको लागि
हिमालजी
प्रतिक्रियाको लागि धन्यवाद!
Kumar ji, This is very
Kumar ji, This is very simple, sweet and catchy for the children. My little child likes this very much..she use to sing this..Very beautiful!
-Preeti
प्रीतिजी, प्रतिकृयाको लागि
प्रीतिजी, प्रतिकृयाको लागि धन्यवाद! बालक बालिकाले यो पढिदिए त योभन्दा खुसीको कुरा के हुन सक्छ? शीघ्र अरु लेखहरु लिएर आउने नै छु। आशा छ यसरी नै पढिदिनुहुनेछ। तपाईंबाट पनि अरु नयाँ लेखहरुको आशमा!
-कुमार