बिउँझ्यो सूर्य उषालाई लिएर
दिन बितायो किरणसँगै डुलेर
ढल्यो सूर्य फेरि सन्ध्या पाई
प्रेममा कलंक गयो लगाई
माया चन्द्रले चाँदनीको पायो
वासनामा लिप्त भई दाग लगायो
बादल आवारा भनी आरोप लागेछ
इज्जत गुमाई रोई रोई बर्षेछ
प्रेम गरी मौसमले बसन्त ल्याए
मुटु चुडेपछि शिशिर छाए
आक्रोस बढी फेरि हुरी चलेछ
बिजुली बनि डाँको छोडी कडकेछ
चरा चुरुंगी नै बेस छन प्रीतको रेशमा
छाडी जांदैनन झगडा गरी आवेशमा
कुरा के गर्नु प्रेम कहानी मनुष्यको
गुरु पत्नी न छाड्ने स्वयम इन्द्र भो
हरि पौडेल
नेदरल्याण्डस
