Skip to content


खोल्सीहरू रसाउन छोडेपछि
अभावमा पुर्णेको उज्यालोले
गाऊ पोत्न नसकेपछि
आफ्नै माटोको स्‍मृति
पेरुङ्गे मनमा सम्हाल्दै
पिरहरूको पहाड उक्लिदै
शहर पस्यो

शहर निल्ने हिम्मत थिएन
ऊसँग
शहरले निल्दै
निलोतुथो भैसकेछ बरै जिन्दगी

पवमा भेनिला फ्लेवरको हुक्का ताने जस्तो
पाटीमा ककटेल वाइन ताने जस्तो
कहाँ सजिलो छ र राजै
जिन्दगीको रथ तान्न
दश धारा दुधको भाडा तिर्न
फिराउनु पर्ने पाईलाहरू
आफ्नै माटोको सुगन्ध लिन
बीना खोज्दै रनबन डुल्ने कस्तुरी मृग जस्तै
घना कंक्रिट जंगलमा
आफ्नै जिन्दगीको बिना खोज्दै
बेबारिसे धर्तीमा हराइरहेछ
ऊ ।

निश्चल काउचा
दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *