अवसरले सधैँ लात मलाई नै दियो
विधाताले ठुलो घात मलाई नै दियो
पिरतीको आकासमा कालो मैलो भा’छ
आफ्नै आँखाले वर्षात मलाई नै दियो
मैलेभन्दा पैले नशा यै प्यालाले पियो
खै ! किन हो धेरै मात मलाई नै दियो
कहाँ जन्म लिने मेरो रोजाइमा थिएन
जहाँ जन्में सानो जात मलाई नै दियो
खुशीको दिन बिहानीले ल्याउने छ भोलि
‘घायल’ सम्झी कालो रात मलाई नै दियो
दलवीर सिंह बराइली ‘घायल’
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
