प्रेम यात्रामा कुनै अड्चन परेन भने के मजा भो
तिमीसँगको प्रेममा तड्पन भएन भने के मजा भो
जुन कुरा म आफैले बुझ्न सकिन त्यही बुझाउँदै छु प्रिय
तिमीलाई भेट्दा मुटुमा धड्कन बढेन भने के मजा भो ।
प्रेमको नगरी यो सुन्दर संसारमा ईर्ष्याको बिष नछर प्रिय
तिमी ममतामयी नारी हौ नारी नै बनिरहू नागिनको ईख नमर प्रिय
कुण्ठा र ग्लानिले यो सुक्सुकाउँदो रुप जवानी खरानी होला
तिमी धर्तीको जूनले आकासको जूनको रिस नगर प्रिय ।
पोखरा
