तुन्द्रुँग झुन्डिएको
भीरको चिण्डो जस्तो जिन्दगी !
न उभो जान सकोस्,
न उधो झर्न सकोस्,
पेण्डुल म झुण्डिरहयो
भित्ते घडीको सेकेण्ड काटा जस्तो
एउटा बडेमानको भित्तामा -बर्सौ वर्ष ।
त्यही जिन्दगी
अर्थात
पेण्डुल म जिन्दगीको टाउको भरी
रिण छ
घिन छ
पीर छ
भीर छ
नानाथरीको
रोग छ
भोक छ,
उभो त जान सकेन सकेन
बरु खस्नु नि उधै उधो
तल बगरमा ।
कि त प्याट्ट फुटेर मरी जान्थ्यो -जिन्दगी !
कि त कसैले हल्लाउन नसक्ने गरी
गाडिएर बगरमा
एउटा नयाँ अध्याय
शुरु गर्थ्यो -जिन्दगी ।
२२ जनवरी २०१३
बिरानो देशबाट
