Skip to content

बालन नाच – लोप हुनबाट जोगाउने कि !


खासगरी ब्राहृमण-क्षेत्री समाजमा बालन गायन र त्यसको लयसागै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण-क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई ‘बाहुननाच’ पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महìवपूर्ण पक्ष हो । पश्चिमा संस्कृतिको प्रभावसागै केही यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको छ ।

बाहुन-क्षेत्रीबाहेक नेपालका अन्य समुदायमा कम प्रचलित ‘बालन’ देवीदेवताको गुणगानमा केन्दि्रत रहेको पाइन्छ । सृष्टिकालदेखिका भगवान्का लीला र अवतारहरूको वर्णन बालनमा हुन्छ । त्यसैले गेयात्मक पक्षको प्रवलता र त्यसमा नाचसमेत प्रस्तुत गरिने हुादा यसको एउटा उद्देश्य श्रोताहरूको मनलाई आकषिर्त गर्ने रहेको पाइन्छ । लमजुङको सिम्पानीका स्थानीय टुकमान थापा भन्नुहुन्छ, “बालनको रचना गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर गरिएको हो । त्यसैले यो धर्मशास्त्रमा आधारित छ ।”

हिन्दू परम्पराका अनुयायी व्रतालुहरू भगवान्को विशेष पूजा आराधनाको बेला र खासगरी रीति जाग्राम बसेको बेला बालनका टोली ल्याएर गाउने र नाच्ने गरिन्छ । साथै शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशीलगायतका चाडपर्व, जात्रामात्रा र धार्मिक उत्सवमा पनि बालनको आयोजना गरिन्छ ।

बालन टोलीमा बालन गाउने र नाच्ने २५ जनाको समूह हुन्छ । यस टोलीलाई ‘गर्रा’ भनिन्छ । गर्रामध्येबाटै एक जनालाई ‘जेठोबूढो’ मनोनयन गरिन्छ । भक्तजनले जेठोबूढोलाई फूलमाला लगाइदिई बालन लगाउने दिनको टुङ्गो गर्दछन् । उनै जेठोबूढाको सक्रियतामा अरू गर्राहरू तोकिएको दिनमा बालन गाउने र नाच्ने गर्दछन् ।

बालनको प्रमुख अङ्गका रूपमा गुरुलाई लिइन्छ । उहााले सबै गर्राहरूलाई समेट्नुहुन्छ र उहााकै निर्देशन अनुसार गर्राहरू आˆनो भूमिका निर्वाह गर्छन् । रामायण, महाभारत, पुराण आदिका आधारमा रचिएको भए पनि बालन बोललाई लोकसाहित्यको महìवपूर्ण पक्ष मान्ने गरिएको छ र बाबुबाजेको पालादेखि चल्दै आएको बालन नेपाली समाजमा विशेष आकर्षणको विषय रहादै आएको छ । बालनको पहिलो चरणमा ‘हो.. हो.. हो धरै क्यारे पाञ्चायन देवता रक्षा गरे हामीलाई हामी खेल्छौा दस अवतार…’ भन्दै भगवान्को आरती गराएर थाहा पाएसम्मका देवीदेवताहरू जगाउने गरिन्छ । त्यसपछि दुष्टहरूको नाश गर्न भगवान्ले लिएका दस अवतारको वर्णन गरिन्छ । भगवान्को गुणगान गरिएको गीतिसङ्ग्रहलाई ‘बही’ भनिन्छ । यसैलाई गाएर बालन नाच प्रस्तुत गरिन्छ ।

बालन नाचमा आठजना गर्राहरू बालने पोशाक लगाएर चार-चार जनाको टोलीमा विभाजित हुन्छन् । गुरुले दुई श्लोक बालन भट्याउनुभएपछि त्यही श्लोकलाई लिएर एक पक्षका चार जना र अर्को पक्षका चार जना नाच्ने गर्छन् । साझा, फलेटी, सलामी, चारकुने फोरुवा आदि बालन नाचका प्रकार हुन् ।

बालन गायन र नृत्यसंागै भगवान्का अवतारहरूमा केन्द्रीत क्रियाकलाप आठ जना बाहेकका गर्राहरूले चटकका रूपमा प्रस्तुत गर्छन् । खासगरी स्रोता/दर्शकका लागि अत्यन्त रमाइलो लाग्ने यस क्षणमा भगवान्का अवतारहरूको नक्कल गरिन्छ । कथा अनुसार राम, लक्ष्मण, सीता, हनुमान, रावण, परशुराम, विष्णु, कृष्ण, कंसको अभिनय र सागसागै नृत्य पनि हुने गर्छ । बीचबीचमा हनुमानको प्रवेशले अझ बढी रमाइलो हुने गर्छ । गुरुङ संस्कृतिको घााटु नाचमा गीतको लयसागै नर्तकीलाई देवी चढेर लठ्याएझैा बालनमा पनि गीतको लयसागै अवतार बन्नेहरूमा देवी चढ्ने बताइन्छ । गीत तल माथि परेमा अवतारको अभिनय गर्नेहरू घाइते वा अन्य जोखिममा पर्ने मान्यता रही आएको छ । देउता चढेकै कारण हुनसक्छ – बालनमा हनुमान बन्ने व्यक्तिले घरको छाना उधार्ने, बोटबिरुवाको हाागा भााच्ने, टोक्ने, उप|mनेलगायतका बितण्डा मच्चाउने गर्छ ।

बालनमा रामचरित्र, कृष्णचरित्र, दस अवतारको कथा सकिएपछि भक्तजनका परिवारलाई मण्डपमा राखेर वरिपरि बालने गर्राहरू उभिन्छन् र फूल अक्षता चढाएर आशीष दिादै बालन टुङ्ग्याइन्छ । सिलसिलेवार गाइने बालन धार्मिक गीत धेरै नै लामो हुन्छ ।

केही दशक अघिसम्म व्रतपूजा, जात्रामात्रा, मेलापर्वहरूमा अत्यन्त उत्साहका साथ गाउने नाच्ने गरिने मौलिक नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहादै आएको बालन हाल लोप हुन लागेको छ । पछिल्लो समयमा उत्सव, महोत्सव तथा विशेष समारोहहरूमा बालनका झलक देखाइने गरे पनि पुरानो पुस्ता नरहनु र नया पुस्ताले सिक्न नखोजेको वा नसिकेकाले पनि बालन लोप हुने अवस्थामा पुगेको हो । अब बालन नाच हुने स्थानका जागरुक युवाले बूढापाकाको सल्लाहमा लोपोन्मुख बालनको संरक्षण सम्बर्द्धनतर्फ आˆनो सक्रियता देखाउनैपर्छ ।

1 thought on “बालन नाच – लोप हुनबाट जोगाउने कि !”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *