Skip to content


तालसँग मिलाउछ जिन्दगीको लय
यही रहेछ मान्छेको असली परिचय
कमाएर लाखौ लाख
भरिदैन लोभको भाँडो
पसिना चुहाएर दाँतबाट
गरिरहेको हुन्छ बिवाद दुई रुपियाँमा
रिक्सावालासँग ।
भलै रेष्टुराँमा सुन्दरी लाई हजार टिप्स दिन्छ
दिदैन मजदुरलाई यौटा पान सित्तैमा
पँचहजारको भेटी चढाएर फर्किन्छ
बाटोका असाह्य देखेर तर्किन्छ
सधैँ पैशावालकै गाउदै जय जय
यही रहेछ मान्छेको असली परिचय

खुट्टामा बाँधेर बाँसका तोक्मा
आफूलाई सर्बोच्च ठानेर
बोकेर अभिमान मुस्कान देखाँउछ
कैले तारिफ गर्दैन अरुको
आफ्नै कहानि आफै सुनाऊछ
ऊभिएर पानी माथि
ओभानो भएको वकालत गर्दै
आफू नै ज्ञानी आफू नै असल
संगीलाई ढाँटेर आफ्नै बय
यही रहेछ मान्छेको असली परिचय

तोयानाथ पौडेल
सँखुवासभा -तामाफोक
हाल मरुभूमि को छाति बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *