Skip to content

घाम लाग्छ एकदिन


घाम लाग्छ एकदिन, सधैं कहाँ रात हुन्छ
धैर्य गरी बस सखी, रोइ कहाँ बात हुन्छ

सधैँ भरि साथ दिने, सँगै बाँच्नेसँगै मर्ने
मायालु को सदैव त्यो सहयोगी हात हुन्छ

साटेपछि मन मुटु, जन्मौ जन्म नबिर्सनु
सँझे मायाँ नजिक रे बिर्सी दिए घात हुन्छ

झुक्ने हैन समाजका, कुसँस्कार सँझिएर
साँचो मायाँ गर्नेलाई के को थर जात हुन्छ

पहिले त थाहै हुन्न केहो मायाँ के हो प्रीत
फसेपछि जन्जिरमा अनौठो त्यो मात हुन्छ

तोयानाथ पौडेल
सँखुवासभा तामाफोक ८
हाल -मरुभूमि को छातिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *