Skip to content

तिम्रो मेरो पिरतीको पाटो उस्तै उस्तै

ManojBohara


तिम्रो मेरो पिरतीको पाटो उस्तै उस्तै
मझधारमा छुट्टिदिने बाटो उस्तै उस्तै

हासो छैन पिरतीमा अश्रु बर्षा हुने
मुटुबिच बल्झिरने खाटो उस्तै उस्तै

माया फुल्छ फल्छ भन्दै कति राख्यौं मल
जति छर्दा नउम्रने माटो उस्तै उस्तै

धनले नै किन्छ बेच्छ भन्ने जान्दा जान्दै
बिना पैसा प्रेम गर्ने लाटो उस्तै उस्तै

भूत भई समयले याद पखाल्दा नि
जीवनमा नमेटीने टाटो उस्तै उस्तै

* भूत– बितेको समय भूतकाल

मनोज बोहरा
भक्तिपुर–७, सर्लाही, जनकपुर
हालः काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *