आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
जसलाई अमृत्युमा मारिन्छ
फाँसि को डोरिमा लघारिन्छ
सात गाउँका मान्छे बटुलेर
तुलसीको मठमा धर्म गराइन्छ र
अपराधको टुङ्गो लगाएर मृत्यु दण्ड सुनाइन्छ
आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
यौवनका नुतन पालुवा पलाए पश्चात
समयको गोठालो बसेर
यौटा सुन्दर शिशुको कल्पनामा
तिम्रा कम्पित ओष्टहरू
विवाहको प्रस्ताव स्विकार्छन
दिन र रातको तन्काइसँगै
भ्रुण को विकास गरेर पेटमा
तर जन्मनासाथ ऊ चिच्याउछ
तिमीलाई नै आतँकित बनाउँछ
अपराधको लाइसेन्स भिरेर छातीमा
यो युद्धभूमिको आकाश हेर्छ
हुर्काउँछौ नर्कको पोखरीमा डुबेर
जो तिम्रो मृत्यु त्यसले तिमीलाई नै मार्छ
नत्र घरबाट गलहत्याउछ, कुड्याउछ, चोईट्याउछ
र जीवनको उत्तरार्धमा बृद्धाश्रम पठाउछ
आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
खुट्टा मिचेर दुईचार पैशा कमाउला तिम्रो सन्तानले
तर खाजा खान होटलमा छिर्दा
महिनाको कमाईले पुग्ने छैन उसलाई
उसले डकार्ने बेलामा गोजी रित्तो पाउने छ
र लघारिने छ गधा र खाते भनेर
जति बेला खुट्टा लड्खडाएर
किच्च हास्दै लाज पचाउने छ आमा तिम्रो सन्तानले
यी ठुला ठुला विश्व विद्यालय
ज्ञान विज्ञानका सदन प्रयोगशालाहरू
तथा रकेट र क्षेप्त्रयास्रका ताना बाना
सवारी साधनका टाँ टाँ र टुँ टुँ भित्र
गगनचुम्बी आलिशान अट्टालीका बिच
आफ्रिकाको घाँसे मैदानमा भेडाको हुल भित्र
सिंगारी भेडो हराए सरी
हराउने छ आमा तिम्रो सन्तान हराउनेछ
बेरोजगारीका आर्तनाद लिएर
बम र छुरी बोकेर
होमिने छ तिम्रो सन्तान छिमेकीको धनसारमा
आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
हो आमा तिम्रो सन्तान यस्तै हुनेछ
यो तिम्रो यौवन नबहाउ
हो आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
आमा त्यो अपराधी हो नजन्माऊ त्यसलाई
तोयानाथ पौडेल
सँखुवासभा तामाफोक ८
हाल मरुभूमिको छातीबाट
बडो गजबको कविता लेख्नुभएको
बडो गजबको कविता लेख्नुभएको रैछ । :))