गाँसको ठेगान छैन
आवास को ठेगान छैन
कपास को अर्थ छैन
हामी सडक छाप भयौ
करेशाको पासै रुच्दैनथ्यो
फ्रिजको सिनो लुछ्ने भयौँ
कहिले भोक लाग्दा पनि खान पाइन्न
कहिले भो भो भन्दै कोचार्नु पर्छ खाब्सा र बिर्यानी
केही केही को नियम छैन ब्यबस्था छैन
दिनै पिच्छे हामी गिर्दै गिर्दै गयौ
कहिले हसारको माले जस्तो जोत्नु पर्छ
कहिले अनिकालको ढिकी जस्तो सुत्नु पर्छ
कहिले दुई सेकेण्ड हप्ता जस्तो हुन्छ
कहिले हप्त दुई सेकेण्ड जस्तो हुन्छ
परिवारको डाट नसहने हामी
परायाको गाली सह्यौ
साँचै हामी सडक छाप भयौ
तोयानाथ पौडेल
सँखुवासभा तामाफोक-८
हाल -मरुभूमिको छाती बाट
