Skip to content

यो झुप्रे पराले माटोको घर


यो झुप्रे पराले माटोको घर
सम्पन्न छु चाहिदैन शहर

माटोमा सुन मेहनत भए
बेकामको छ बिदेशी लहर

गुन्जिन्छ छाँगा स्वा ! गरी
पूर्ण छ जोडी पिपलु र बर

उर्बर छ भूमि पौरखहरूले
जीवन माटो, माटो नै भर

मिठो मसिनु परिवारसँगै
त्यो भन्दा अरु छैन् रहर

तोरण राई
झापा, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *