कोही बसे कोही चै आएर गए
कोही भने बेस्सरी खाएर गए
धैर्य गर्न सिकाए कसैले भने
कोही दुख बिलौना गाएर गए
के नै थियो मसँग सौगात भन्नु
धन्यवाद ! मनैको पाएर गए
बाटोनिर घर छ पथिक छिरेर
गोरु बेचेको साइनो लाएर गए
धेरै दिन बाच्दिनस् भनेर कोही
प्वाक मुख बिचैमा बाएर गए
तोया नाथ पौडेल
सँखुवासभा -तामाफोक -८
हाल मरुभूमिको छातीबाट
