Skip to content

जिउँदो त्यो लाशलाई (गजल)


जिउँदो त्यो लाशलाई चितामा जलाउँदै छौ
जसको मृत्युमा तिम्ले उत्सव मनाउँदै छौ

अपार माया नहुँदो हो श्रद्धाञ्जली अर्पंदै
फेरि पनि आज किन आँशुहरू बगाउँदै छौ

नगर्नु गल्ती गरेछौ पछुताएरै होला शायद
निर्जीव त्यो तस्वीर कोठाभरि सजाउँदै छौ

मदनको तिमी मुना कहिल्यै कोसिस गरेनौ
र पनि तिमीले आज तिलाञ्जली चढाउँदै छौ

जस्लाई तिमीले मार्यौ मरेर जाने ऊ पो
तर आफ्नै समवेदना पत्रिकामा छपाउँदै छौ ।

– © मानन्धर अभागी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *