Skip to content

सबेरै हल गोरु जुटाउछु अब

ToranRai-03


सबेरै हल गोरु जुटाउछु अब
बाजो सबै बारी फुटाउछु अब

कमिलाले उठाको माटो हेर्दै
अल्छी आलसी छुटाउछु अब

बाँच्न चाहन्न बिलासितामा
भोजनमा मकै भुटाउछु अब

गक्ष्य अनुसारकै रबाफ मेरा
फाटिएकै वस्त्र खुटाउछु अब

औधी कमाएर र देखाउने
प्रबासका सपना टुटाउछु अब

सुचिकार्नी दि बाहिरै किन ?
आपती आवाज उठाउछु अब

कागजी फूल
झापा,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *