गयौ तिमी धनि भेटी पिठ फर्काएर
रोई रा छु आज भोलि आँशु दर्काएर
सम्झि राछु मैले चाहि मिठा अतित ति
परै बाट हाँस्दै आ’को केश लर्काएर
सानो गल्ती भयो कि त घुर्कि लगाउथ्यौ
रिसाए झै हेर्थ्यौ अनि आँखा कर्काएर
रोदी, भैलो मारुनी त सुन्नै हुदैनथ्यो
सँग सँगै नाच्थ्यौ फेरि कम्मर मर्काएर
के पायौ र रुवाएर दुखि तोया लाई
खुसी छौ र तिमी मेरो छाति चर्काएर ?
तोयानाथ पौडेल
मरुभुमिको छाति बाट…
